दस वर्षमा चिनियाँ सरकारको स्वामित्वयुक्त उद्यमहरूको औसत वार्षिक वृद्धि दर ८ प्रतिशत
2022-06-17 17:22:08cri
Share with:

जुन १७ बिहान "चीनको यो दशक" विषयक शृंखलाबद्ध पत्रकार सम्मेलन आयोजना भएको छ। पत्रकार सम्मेलनमा चीनको राज्य परिषद् अन्तर्गत सरकार स्वामित्वयुक्त सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगका महासचिव एवम् प्रवक्ता फङ ह्वाकाङले उक्त जानकारी दिनुभएको हो।  चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनदेखि यता, सरकार स्वामित्वयुक्त उद्यमहरूले पूर्णरूपमा आफ्नो आर्थिक, राजनीतिक र सामाजिक उत्तरदायित्वहरूलाई व्यवहारमा उतार्दै आएका छन् र संयुक्त रूपमा जनतालाई धनी बनाई जनताको साझा समृद्धिलाई अझ राम्रोसँग अघि बढाइरहेका छन्। सरकारी स्वामित्वयुक्त उद्यमहरूका मुख्य काम यस प्रकार छनः

पहिलो, उत्पादक शक्तिहरूको मुक्ति र विकासलाई निरन्तरता दिँदै सम्पूर्ण जनताको साझा सम्पत्तिलाई लगातार वृद्धि गरिएको छ। सन् २०१२ देखि २०२१सम्म, ती उद्यमहरूबाट प्राप्त कुल नाफामा संलग्न कूल रकम  १५७ खर्ब युआन पुगेको छ र औसत वार्षिक वृद्धि दर ८ प्रतिशत पुगेको छ।

दोस्रो, आम्दानी वितरण सुधारमा सक्रिय सहभागिता भइरहेको छ र सम्पत्ति वितरणमा उदाहरणीय भूमिका खेलिरहेका छन्। "१३ औं पञ्चवर्षीय योजना" अवधिमा, ती उद्यमहरूले बुझाएको कर र शुल्कहरूमा संलग्न कुल रकम १७६ खर्ब युआन पुगेको छ जुन सोही अवधिमा राष्ट्रिय कर राजस्वको लगभग २५ प्रतिशतले ओगटेको छ।

तेस्रो, जनताको जनजीवनसँग घनिष्ट विषयको सेवा र प्रत्याभूति गर्दै साझा समृद्धिको जगलाई प्रभावकारी रूपमा सुदृढ पारिएको छ। विशेष गरी सन् २०१६ यता, सरकारी स्वामित्वयुक्त सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोग र ती उद्यमहरूबाट गरिबी निवारण कार्यको लागि जम्मा ३७ हजार अस्थायी कार्यकर्ता पठाएका छन्। उनीहरूको सहयोगमा २४८ प्रमुख काउन्टीहरूलाई गरिबी निवारण सम्बन्धी मुख्य जिल्ला सूचीबाट हटाइएको छ।