सीपीसी राजनीतिक व्यूरोको ४०औँ सामूहिक शिक्षामा सीद्वारा भ्रष्टाचार विरोधमा जोड
2022-06-18 17:20:28cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले “भ्रष्टाचारमा हिम्मत नगर्ने,  भ्रष्टाचार गर्न नसक्ने, भ्रष्टाचार गर्न नचाहने” विषयबारे ४०औं सामूहिक शिक्षा आयोजना गरेको छ। महासचिव सी चिनफिङले सामूहिक शिक्षाको अध्यक्षता गर्नुभयो। उहाँका अनुसार, भ्रष्टाचारको विरोध जनताको मनसित सम्बन्धित सबैभन्दा ठूलो राजनीति हो र अलग गर्न नसकिने र कहिल्यै नहराउने ठूलो राजनीतिक सङ्घर्ष पनि हो।

केन्द्रीय मातहत अनुशासन निरीक्षण समिति र राष्ट्रिय पर्यवेक्षण समितिअन्तर्गत मुद्दा पर्यवेक्षण तथा व्यवस्थापन कार्यालयका निर्देशक लिउ मैफिनले उक्त विषयमा जानकारी दिनुका साथै कार्य सुझाव प्रस्तुत गर्नुभएको छ। केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यहरूले ध्यानपूर्वक जानकारी सुनेर छलफल गरेका छन्।