चालु वर्ष ब्रिक्सको चीन वर्ष-चिनियाँ परराष्ट्र मन्त्रालय
2022-06-18 17:19:31cri
Share with:

चालु वर्ष ब्रिक्सको चीन वर्ष हो। विभिन्न पक्षको समर्थनमा अध्यक्ष मुलुकको हैसियतमा चीनले ७० भन्दा बढी बैठक तथा कार्यक्रकमको सफल आयोजना गरिसकेको छ। जसले विभिन्न क्षेत्रमा ब्रिक्स सहयोगको महत्वपूर्ण प्रगति अगाडि बढाएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जुन १७ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, यी व्यावहारिक उपलब्धि राजनीतिक सुरक्षा, अर्थतन्त्र तथा व्यापार, साँस्कृतिक आदानप्रदान, दिगो विकास तथा सार्वजनिक स्वास्थ्य आदि क्षेत्र समेटिएका छन्। जसले ब्रिक्स सहयोगलाई बढाउनुका साथै ब्रिक्स देशका १४औं शिखर सम्मेलनका लागि सुदृढ आधार तयार गरेको छ।

स्थापनादेखि १६ वर्षमा ब्रिक्स सहयोग व्यवस्था अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण शक्ति बनेको छ। वर्तमान परिवर्तनको शताब्दी र महामारीको प्रभावमा विश्वले नयाँ परिवर्तन अवधिमा प्रवेश गरेको छ। ब्रिक्स सहयोगलाई अझ गहन पार्न पनि अझै महत्वपूर्ण देखिन्छ। नयाँ उदियमान मुलुक र विकासुन्मुख देशहरूले ब्रिक्स सहयोगमा भाग लिने इच्छा पनि अझै बढेको छ।