विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनमा चीनद्वारा साँचो बहुपक्षीयतावादको संरक्षण
2022-06-20 19:29:47cri
Share with:

विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनमा हाल स्वीट्जरल्याण्डको जेनेभामा सफलताका साथ सम्पन्न भएको छ। यो सम्मेलन अनुमानभन्दा अरु फलदायी भएको छ। विश्व व्यापार संगठनका लागि चिनियाँ प्रतिनिधि मण्डलका स्थायी प्रतिनिधि ली छङ काङले साँचो बहुपक्षीयतावादको संरक्षण गरी विश्व व्यापार संगठनमा केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नु चीनको लक्ष्य रहेको जानकारी दिनुभएको छ।

 

जुन १२ देखि १७ तारिख विश्व व्यापार संगठनको १२औं मन्त्री स्तरीय सम्मेलन जेनेभामा सफलताका साथ आयोजित भयो। अन्त्यमा सो सम्मेलनमा “एक जोड चार” भन्ने उपलव्धि हासिल भएको छ। “एक” भनेको “विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनको उपलव्धि सम्बन्धी दस्ताबेज” हो। “चार” भनेको संयुक्त रुपमा कोरोना महामारीको सामना, मत्स्य सम्बन्धी भत्ता, अन्नबालीको सुरक्षा तथा इ-वाणिज्य लगायत चार पक्षमा विभिन्न पक्ष बीच सम्पन्न भएको मतैक्यता हो।