ग्रीष्मकालीन अन्नबाली व्यवस्थित रुपमा काटिँदै
2022-06-20 19:31:15cri
Share with:

हाल चीनको ग्रीष्मकालीन अन्नबालीको मुख्य क्षेत्रमा गहुँ काटिने दर ९० प्रतिशतभन्दा बढी पुगेको छ। मुख्य क्षेत्रले अनुकूल जलवायुको वातावरणमा धुमधामसँग ग्रीष्मकालीन अन्नबाली काट्दै छ। यसका साथै ग्रीष्मकालीन रोपाई पनि व्यवस्थित रुपमा चलिरहेको छ।

 

चीनको ग्रीष्मकालीन अन्नबालीको मुख्य क्षेत्रमा गहुँ खेतीको क्षेत्रफल १ करोड ९२ लाख हेक्टर पुगेको छ। पल्लो शान सीमा गहुँ काट्ने क्रम अन्तिम चरणमा पुगेको छ। शानतुङमा ९० प्रतिशत भन्दा बढी गहुँ काटिएको छ, वल्लो शान सीमा गहुँ काटिएको दर करिब ९० प्रतिशत रहेको छ, र ह पैमा करिब ७५ प्रतिशत रहेको छ।