अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी मुलुकहरुद्वारा विश्वको शरणार्थी समस्यालाई अझ गम्भिर
2022-06-20 19:29:08cri
Share with:

जुन २० तारिख २२ औं विश्व शरणार्थी दिवस हो। अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी मुलुकहरुले दीर्घकालदेखि युद्ध र भिडन्त गर्दै अरु देशहरुको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी मानवतावादी प्रकोप उब्जाएर शरणार्थी समस्या जन्माएका हुन्।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। संयुक्त राष्ट्र संघीय शरणार्थी कार्यालयद्वारा हाल सार्वजनिक वार्षिक प्रतिवेदनका अनुसार, भिडन्तको कारण शरणार्थी बनेको कूल संख्या पहिलो पटक दश करोड पुगेको छ। यो दु:ख लाग्दो अंकद्वारा केही मुलुकहरुले आफ्नो इच्छा अनुसारविदेशमाथि आक्रमण अथवा हस्तक्षेपको वास्तविकता अभिव्यक्त गरिएको जानकारी प्रवक्ता वाङले दिनुभयो।