राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको केन्द्रीय समितिको राजनीतिक व्युरोको ४० औं सामूहिक अध्ययनको अध्यक्षता
2022-06-20 19:28:23cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले जुन १७ तारिख दिउँसो भ्रष्टाचार विरोधी कार्यलाई सबल पार्ने र अघि बढाउने विषयबारे ४० औं सामूहिक अध्ययनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अध्ययनको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले भ्रष्टाचार विरोधी संघर्ष जन जीवनसँग घनिष्ट सम्बन्ध रहेकाले जुन विफल नहुने महत्वपूर्ण राजनीतिक संघर्ष नै हो भन्ने कुरामा जोड दिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीका अनुसार, नयाँ परिस्थितिमा घुसपैठ नखाने निर्माण र भ्रष्टाचार विरोधी संघर्ष सम्बन्धी विचारलाई गहन पार्नुका साथै भ्रष्टाचार विरोधी क्षमता र स्तरलाई उकासेर भ्रष्टाचार विरोधी संघर्षको अन्तिम बिजय प्राप्त गर्नुपर्छ।

 

केन्द्रीय अनुशासन निगरानी समिति अन्तर्गत मुद्दाको अनुगमन र व्यवस्थापन कार्यालयका प्रमुख लिउ मै फिनले उक्त विषयबारे विस्तृत रूपमा ब्याख्या गर्दै कार्यकारी प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।