नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
2022-06-21 18:08:17cri
Share with:

अमेरिकाको म्यारिल्यान्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२  यही जुन महिनाको २३ देखि २६ सम्म भौतिक र अनलाइन (भर्चुअल) बाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा फिल्म देखाइने कान्तिपुर अनलाइनले जनाएको छ।  

 

महोत्सवको पहिलो दिन पुरानो ग्रिन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित ‘हल्करा’को देखाइने आयोजकले जनाए। समापनका दिन भने निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु फिल्म ‘द लिप रिडर’ देखाइने बताइएको छ। फिल्म प्रदर्शनसँगै निर्माता, निर्देशक एवं कलाकारसँग छलफल कार्यक्रम पनि गरिनेछ।

 

महोत्सवमा यो वर्ष 'लोरी'बाट कान्समा अवार्ड जितेका अविनाश विक्रम शाह र विदेशी फिल्ममा अभिनय गरेर त्यहाँ पुगेकी अभिनेत्री सुरक्षा पन्तसँग भर्चुअल संवाद गरिनेछ। कार्यक्रमको निर्णायकमा नेपालबाट अनुप सुवेदी ,अमेरिकाबाट रिवेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब रहेका छन्।

 

आवेदन परेका फिल्महरुलाई महोत्सवमा फिल्म सोसाइटीको फिल्म छनोट समितिले छनोट गरेको हो ।