विभिन्न पक्षसँगै मिलेर विश्व विकासका लागि अझ बढी ब्रिक्स शक्ति थप्न चीन इच्छुक
2022-06-21 18:12:06cri
Share with:

भारतका लागि चिनियाँ राजदूत सुन वै तुङले हालै चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले १६ वर्षको विकासमार्फत ब्रिक्स व्यवस्था क्रमश: ५ वटा मुलुकले आपसी हितयुक्त सहकार्यलाई सबल पार्ने एउटा महत्वपूर्ण चौतारो बन्नुका साथै अन्तर्राष्ट्रिय परिपाटीको परिवर्तनलाई अघि बढाउने, विश्व सञ्चालनलाई पूर्णता दिलाउने र साझा विकासलाई साकार तुल्याउने एक महत्वपूर्ण शक्ति पनि बनिसकेको कुरा औंल्याउनुभएको छ।

 

अन्तर्वार्ताको क्रममा राजदूत सुनले भारत लगायतका विभिन्न पक्षहरूसँगै मिलेर एकताबद्ध सहकार्यलाई सबल पारी वास्तविक गतिबिधिमार्फत शान्ति विकासलाई प्रवर्द्धन गर्नुका साथै न्याय र निष्पक्षताको संरक्षण गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि जोड दिनुभएको छ।

 

आगामी दिनहरूमा विश्व विकासलाई अझ बढी ब्रिक्स शक्ति थपिदिनुका साथै अधिकांश विकासोन्मुख मुलुकको साझा हितको संरक्षणका लागि अझ ठूलो ब्रिक्स आवाज निकाल्ने अपेक्षा पनि राजदूत सुनले गर्नुभएको छ।