नियमित योग अभ्यासले सकारात्मक उर्जा प्रदान गर्ने प्रधानमन्त्री देउवाको भनाइ
2022-06-21 18:06:59cri
Share with:

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताउनुभएको छ। मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताउनुभएको हो।

 

नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने उहाँको भनाई छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। देउवाले महाभारतको प्रसंग उल्लेख गर्दै योग कार्यक्रमले नेपाल र भारतको सम्बन्ध थप प्रभावकारी हुने उल्लेख गर्नुभयो।

 

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले संयुक्त राष्ट्र संघमा राखेको प्रस्तावलाई नेपालले समर्थन गरेकोसमेत देउवाले स्मरण गर्नुभएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।