पहिलो पाँच महिनामा चीन तथा अन्य ब्रिक्स मुलुकहरूसँगको आयात तथा निर्यात कारोबार गत वर्षको सोही अवधिको तुलनामा १२.१% ले वृद्धि
2022-06-21 15:37:33cri
Share with:

यस वर्षको सुरुदेखि नै चीन तथा अन्य ब्रिक्स मुलुकहरूले अर्थतन्त्र र व्यापारको क्षेत्रमा व्यावहारिक सहयोगलाई निरन्तर रूपमा गहिरो बनाएका छन्। जसबाट आयात तथा निर्यात कारोबार बढ्दै गएको देखिन्छ। चालु वर्षको पहिलो पाँच महिनामा चीन र अन्य ब्रिक्स मुलुकहरूबीचको आयात र निर्यातको कूल रकम १३ खर्ब १० अर्ब युआन पुगेको छ, जुन गत वर्षको तुलनामा १२.१ प्रतिशतले बढेको छ। त्यसमध्ये निर्यात १८.१ प्रतिशतले बढेर ६ खर्ब ५६ अर्ब युआन पुगेको छ भने आयात ६ खर्ब ५१ अर्ब ७१ करोड युआन पुगेको छ, जुन ६.६ प्रतिशतले बढेको छ ।


पहिलो पाँच महिनामा, चीन र रूस बीचको आयात र निर्यातमा कूल कारोबार रकम ४ खर्ब १९ अर्ब ८० करोड युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २६.५ प्रतिशतले वृद्धि भएको छ। ब्राजिलसँगको आयात र निर्यात रकम ४ खर्ब १५ अर्ब युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.३ ले वृद्धि भएको छ।