रूस-युक्रेन युद्धका कारण खाद्यान्न संकट
2022-06-21 18:13:40cri
Share with:

रूस-युक्रेन संघर्ष सुरू भए यता केही पश्चिमा मुलुकले नाकाबन्दी अपनाएकाले विश्व अर्थतन्त्रलाई नकारात्मक असर पारेको छ। हाल धेरै अफ्रिकी मुलुकमा मुद्रास्फीति उत्पन्न हुनुका साथै केही अफ्रिकी मुलुकमा खाद्यान्न संकट पनि देखापरेको छ।

 

जाम्बियाको उद्योग वाणिज्य मन्त्रालयका प्रमुख जिबोर्का मुरोन्काले चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै हाल रूस-युक्रेन भिडन्तबाट पुरै विश्वलाई प्रभावित पारेकाले शान्तिपूर्ण सम्झौता वार्ता भन्ने कूटनीतिक तरिकामार्फत् मात्रै त्यस भिडन्तको राम्रोसँग समाधान गर्न सकिने विचार व्यक्त गर्नुभएको छ।

 

दक्षिण अफ्रिकी राष्ट्रिय सभाका अध्यक्ष फ्रोलिडका अनुसार, भिडन्तले मतभेदको समाधान गर्नसक्ने छैन, बरू त्यसबाट नयाँ समस्या उत्पन्न हुनसक्छ। रूस-युक्रेन भिडन्तका सम्बद्ध विभिन्न पक्षहरूले सँगै बसेर शान्तिपूर्ण संवार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने प्रस्ताव पनि उहाँले प्रस्तुत गर्नुभएको छ।