स्या च सौर्य अवधिमा गर्मीबाट राहतको जीवन
2022-06-21 18:11:20cri
Share with:

स्या च चीनका २४ सौर्य अवधिमध्येको एक हो। जुन प्राचीनकालमा चीनको एउटा महत्वपूर्ण पर्व पनि थियो र त्यसलाई “स्या च पर्व” भनिएको थियो। स्या च गहुँ काटिने अवधि हो। चिनियाँ जनताले यस उपलक्ष्यमा राम्रो फसल समारोह गर्ने, देवता तथा पुर्खाको पूजा गर्ने चलन छ। बाहिर मिहिनेतसँग काम गरेका मानिसहरुले पनि आफ्नो जन्मथलो फर्केर आफन्तसँग भेटेर गर्मीबाट मुक्तिको जीवन बिताउँछन्।

 

प्राचीनकालदेखि चीनमा “तुङ चमा च्याउ च खाने र स्या चमा चाउ चाउ खाने” भनाई रहँदै आएको छ। स्या चमा चाउ चाउ खानु चीनका अत्याधिक क्षेत्रमा प्रचलित महत्वपूर्ण चलन हो। स्या चमा विविध कार्यक्रमहरुबाट मानव जाति र प्रकृति बीचको मेलमिलाप तथा सन्तुलन अभिव्यक्त गरिएको छ। हजारौं वर्षदेखि यस चलनको निरन्तरता हुँदै आएको छ।