चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स मुलुकहरुको उद्योग र वाणिज्य मञ्चको उद्घाटन समारोहलाई सम्बोधन
2022-06-22 20:04:49cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जुन २२ तारिख बेलुका भिडियोबाट ब्रिक्स मुलुकहरुको उद्योग तथा वाणिज्य मञ्चको उद्घाटन समारोहमा सहभागिता जनाउनुभएको छ। यसका साथै उहाँले “युगको प्रवाह समातेर उज्यालो भविष्यको सिर्जना गरौं” शीर्षकमा सम्बोधन गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले हाल विश्वको बदलिंदो परिस्थिति र दीर्घकालीन अवधिसम्म चलेको महामारी र सुरक्षाका लागि विविध चुनौती देखा परेको भन्दै विश्वको आर्थिक पुनरुत्थान मन्द गतिमा भइरहेको र विकास प्रकृयामा ठूला अवरोधहरू देखापरेको औंल्याउनुभयो।  

 

अन्तर्राष्ट्रिय स्थिति परिवर्तन भएतापनि खुलापन र विकास हुने ऐतिहासिक प्रवृति परिवर्तन नहुने र हातमा हात मिलाएर संयुक्त रुपमा चुनौतिको समाधान गर्ने इच्छा पनि परिवर्तन नहुने कुरामा उहाँले जोड दिनुभयो।

 

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो, ‘एकताबद्ध भएर सहकार्य गर्दै सँगै मिलेर विश्व शान्ति र स्थिरताको संरक्षण गर्नुपर्छ। एकले अर्काको ख्याल विचार र सहयोग गर्दै सँगै मिलेर विश्व दिगो विकासलाई प्रबर्द्धन गर्नुपर्छ। हामीले एउटै डुङगामा बसेर सहकार्य र साझा जीत हुने लक्ष्यलाई साकार तुल्याउनुपर्छ। हामीले सहिष्णु धारणा लिँदै सँगसँगै खुलापन र मेलमिलापको विस्तार गर्नुपर्छ। हामीले साहस बोकेर चुनौतीको सामना गर्दै मानव जाति भाग्यको एकरूपताको निर्माण गर्ने लक्ष्यतिर हिँड्दै जाऔं!’

 

डामाडोल विश्वको सामना गर्दा संयुक्त राष्ट्र संघ बडापत्रको अठोटलाई नबिर्सनुका साथै शान्तिको संरक्षण गर्ने पवित्र कार्यभार याद गर्नुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।