परराष्ट्र मन्त्रालयद्वारा चीनको मानव अधिकार कार्यको उपलब्धिबारे जानकारी
2022-06-22 18:11:07cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज नियमित पत्रकार सम्मेलनमा चीनको मानव अधिकार कार्यको उपलब्धि र विश्वको मानव अधिकारको व्यवस्थापनबारे चीनको अडानबारे जानकारी दिनुभएको छ।

 

प्रवक्ता वाङले चिनियाँ कम्युनिष्ट पार्टीको जन्म भएदेखि त्यसले चिनियाँ जनतालाई नेतृत्व गरी मानव अधिकार प्राप्त गर्ने, मानव अधिकारको सम्मान गर्ने, मानव अधिकारको संरक्षण गर्ने र मानव अधिकारको विकास गर्ने प्रयास गर्दै आएको जानकारी दिनुभयो। युगको प्रवाह र चीनको राष्ट्रिय स्थितिसँग अनुकूल रहेको मानव अधिकारको विकासको बाटो चीनले सफलताका साथ हिंडेको पनि उहाँले बताउनुभयो।

 

समानता तथा आपसी सम्मानको आधारमा विभिन्न पक्षसँग मानव अधिकारबारे वार्ता तथा आदान-प्रदान गर्न, अन्तर्राष्ट्रिय समाजसँगै मिलेर विश्वको मानव अधिकारको व्यवस्थापनलाई अरु निष्पक्ष, न्यायपूर्ण, उचित र समावेशी विकासको दिशातर्फ अघि बढ्न चीन इच्छुक रहेको पनि प्रवक्ता वाङले प्रकट गर्नुभयो।