के“ब्रिक्स प्लस”संयन्त्र केवल एक विस्तार हो?
2022-06-22 15:00:54cri
Share with:

  “ब्रिक्स प्लस”संयन्त्र केवल नयाँ सदस्य मुलुकको आकर्षण मात्र होइन। यसमा सहयोग क्षेत्रको विस्तार तथा सहयोगात्मक गुणस्तरलाई बढाइने दुई विषय समेटिएका छन्। चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान प्रतिष्ठानअन्तर्गत दक्षिण एशिया विभागका प्रमुख हु श शङले हालै चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार“ब्रिक्स प्लस”संयन्त्रको निर्माण युग सँगसँगै विकसित हुनुपर्छ। सदस्य मुलुकको विस्तारलाई समेटिएको र बहु हितको सिद्धान्त यसले लिएको छ।

सहयोग क्षेत्रको विस्तार र सहयोगात्मक गुणस्तरको सम्बन्धमा ब्रिक्सको उत्पादन आपूर्ति श्रृङ्खलाको निर्माण, डिजिटल प्राविधिक मानक र मापदण्डहरू, डिजिटल अर्थव्यवस्था पूर्वाधार आदि विषय भावी“ब्रिक्स प्लस”संयन्त्रको निर्माणको आवश्यक परियोजना हुने छन्।