चीनको विदेशी मुद्रा संचय लगातार १७ वर्षसम्म विश्वको पहिलो स्थानमा
2022-06-24 17:43:45cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभागले २३ तारिख “चीनका बितेका १० वर्ष” शीर्षकको श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयता बैकिङ क्षेत्रको सुधार र विकास अवस्थाबारे जानकारी दिएको छ।

 

राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन व्युरोका उपप्रमुख वाङ छुन यिङका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयताका १० वर्षमा विदेशी मुद्राको संचय सुरक्षित रूपमा प्रचलित र बृद्धि हुँदै आएको छ। चीनको विशेषतायुक्त विदेशी मुद्रा संचयको अनुगमन व्यवस्था पनि निरन्तर रूपमा सुधारिँदै आएको छ।

 

उहाँका अनुसार, बितेका ३/४ वर्षयता विदेशी मुद्राको संचयले ३० खर्ब अमेरिकी डलरभन्दा बढी परिधिलाई कायम राख्दै आएको छ भने चालु वर्षको मे महिनाको अन्त्यमा ३१ खर्ब अमेरिकी डलरभन्दा नाघेकाले लगातार १७ वर्षसम्म विश्वको पहिलो स्थानमा रहँदै आएको देखिन्छ। जुन देशको आर्थिक र बैकिङ सुरक्षाको महत्वपूर्ण साधन नै हो।