विश्व विकास विषयक उच्च तहको संवाद सम्मेलन शुरु
2022-06-24 20:44:35cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जुन २४ तारिख पैचिङमा विश्व विकास विषयक उच्च तहको संवाद सम्मेलनको अ‍ध्यक्षता गर्नुभएको छ। भिडियोबाट आयोजित सो संवाद सम्मेलनको मुख्य विषय “नयाँ युगमा विश्वको विकास सम्बन्धी साझेदारी सम्बन्धको स्थापना गरौं, हातमा हात मिलाएर सन् २०३० को दिगो विकासको विषय सूचिलाई व्यवहारमा उतारौं” भन्ने रहेको छ। ब्रिक्स मुलुकका नेताहरु तथा सम्बन्धित नवोदित बजारमूलक मुलुकहरु र विकासोन्मुख मुलुकका नेताहरु सो संवाद सम्मेलनमा उपस्थित हुनुभयो।

 

राष्ट्राध्यक्ष सीले विगतमा पहेंलो पठारभूमिमा किसानको रुपमा आफूले काम गरेको कथा तथा अनुभव सुनाउनुभयो। विगत केही वर्षयता उहाँले चीनका शहर तथा ग्रामीण क्षेत्रको यात्रा गर्नुका साथै धेरै मुलुकहरुको भ्रमण गर्नुभयो। निरन्तर विकास भएपछि मात्रै सुखमय जीवन तथा शान्तिपूर्ण समाजप्रति चिनियाँ जनताको सपना पूरा हुनसक्ने उहाँको अनुभव छ।