चाइना मिडिया ग्रुपको सीजिटिएन रेकर्डिङ च्यानल र क्वाङतोङ-हङकङ-मकाओ ग्रेटर बे एरियाको आवाज जुलाई १ देखि हङकङ च्यानलमा प्रसारण हुने
2022-06-24 14:55:53CRI
Share with:

जुन २४ तारिख चाइना मिडिया ग्रुपको सीजिटिएन रेकर्डिङ च्यानल र क्वाङतोङ-हङकङ-मकाओ ग्रेटर बे एरियाको आवाज प्रसारण समारोह आयोजना भएको छ।

हङकङमा "एक देश, दुई प्रणाली" को स्थिर र दीर्घकालीन अभ्यास प्रवर्द्धनमा सहयोग गर्ने ठोस उपायको रूपमा र मातृभूमिमा हङकङ फर्केको २५ औं वार्षिकोत्सव मनाउन हङकङका देशवासीहरूलाई एक उपहारको रूपमा सीजिटिएन रेकर्डिङ च्यानल र क्वाङतोङ-हङकङ-मकाओ ग्रेटर बे एरियाको आवाज जुलाई १ तारिख हङकङ च्यानलमा प्रसारण गर्ने भएको छ।

हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लाम चेङ युएट-न्गोर, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका उप प्रचार मन्त्री शेन हाइचिङ उक्त समारोहमा सहभागी हुनुभएको छ।

प्रमुख कार्यकारी क्यारी लामका अनुसार अवधारणादेखि अभ्याससम्म, "एक देश, दुई प्रणाली" स्थिर र दूरगामी छ र अधिक जीवन्तता देखाएको छ। उहाँको आशा छ कि चाडना मिडिया ग्रुपले हङकङको अर्थतन्त्र र जनताको जीविकोपार्जन र हङकङको नयाँ वातावरणमा केन्द्रित व्यापक र बहु-स्तरीय प्रतिवेदनहरूको प्रसारण जारी राख्ने छ।