परराष्ट्र मन्त्री वाङ यीद्वारा अफगानी संक्रमणकालीन सरकारका कार्यवाहक विदेश मन्त्रीलाई समवेदना सन्देश
2022-06-25 17:43:03cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले २४ तारिख अफगानिस्तानमा भूकम्प गएकोमा अफगानी संक्रमणकालीन सरकारका कार्यवाहक विदेश मन्त्रीलाई समवेदना सन्देश पठाउनुभएको छ।


आफ्नो सन्देशमा परराष्ट्र मन्त्री वाङ यी यसरी भन्नुहुन्छ: ‘अफगानिस्तानको दक्षिण पूर्वी भागमा भूकम्प देखा परेकाले मानिसको बिनाशकारी हताहती भएको खबर पाउँदा मृतकप्रति शोक श्रद्धान्जली अर्पण गर्नुका साथै उनीहरूका परिवारजन र घाइतेहरूप्रति हार्दिक सान्त्वना प्रकट गर्न चाहन्छु। अफगानिस्तानी जनताले अवश्य नै प्रकोपलाई जितेर छिटोभन्दा छिटो गरी सामान्य उत्पादन र जीवनयापनको पुन:आरम्भ गर्नेमा म विश्वस्त छु। असल छिमेकीको हैसियतले अफगानिस्तानको चाहना बमोजिम भ्याएसम्म आपत्कालीन मानवीय सहायता प्रदान गर्न चीन इच्छुक रहेको छ।’