स्वच्छ उर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन
2022-06-25 17:17:34cri
Share with:

संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने बारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ती, शौर्यपानी तताउने मेसिन, विद्युतीय चुलोजस्ता पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्ने उपकरणहरुको प्रयोगलाई प्रोत्सहान गर्ने गरी आवश्यक नीतिगत प्रवन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समिति निर्देशन दिएको कारोबार अनलाइनले  जनाएको छ।

बैठकले वर्तमान अवस्थामा खनिज इन्धनमा बढ्दै गएको उच्च मूल्यका कारण

सर्वसाधारणको जीविकोपार्जनमा ठूलो प्रभाव पारेको तथा समग्रमा मुलुकको अर्थतन्त्रमा पनि दीर्घकालीन असर पर्ने भएकाले वैकल्पिक ऊर्जाको उपलब्धता र सम्भावनाबारे अध्ययन गर्न पनि निर्देशन दिएको छ।

वैकल्पिक ऊर्जाबारे विषय विज्ञ र सरोकारवालाहरु सँगको छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ उपलब्ध गराउन पनि निर्देशन दिएको हो। ज्येष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व गरेका वामदेव गौतमले सीमावर्ती भारतीय बजारमा इन्धनको तस्करी भइरहेको भन्ने सम्बन्धमा जनगुनासो आएकोले सो बारे तत्काल अध्ययन र छानबिन गर्न नेपाल आयाल निगमलाई निर्देशन दिनुभयो।