शाङहाई बन्दरगाहमा कन्टेनरको नियन्त्रण क्षमता गत वर्षको सोही अवधिको ९५.५ प्रतिशत बढी
2022-06-26 19:54:57cri
Share with:

शाङहाईले सामान्य उत्पादन तथा जीवन चरणमा पुन:प्रवेश गर्ने सिलसिलामा त्यसको अन्तर्राष्ट्रिय जल ढुवानी केन्द्रको जिम्मेवारी पनि द्रूत गतिले पुन:संचालनमा आएको छ। जुन महिनादेखि शाङहाई बन्दरगाहमा कन्टेनरको हरेक दिनको औसत नियन्त्रण क्षमता १ लाख २५ हजार वटा पुगेको छ, जुन गत वर्षको सोही अवधिको ९५.५ प्रतिशतले बढेको छ। फु तुङ विमानस्थलको संचालन पनि सामान्य भएको छ।

 

यस चरणको कोरोना महामारीदेखि शाङहाई बन्दरगाहमा २० हजार भन्दा बढी कामदारहरुलाई बन्दरगाहमा लकडाउन गरी बन्दरगाहलाई चौबीसै घण्टा संचालनको प्रत्याभूति दिइएको थियो। चालू वर्षको जनवरीदेखि मेसम्म शाङहाई बन्दरगाहमा कन्टेनरको नियन्त्रण क्षमता १ करोड ८७ लाख ५३ हजार वटा पुगेको छ।