विदेशमा रहेका चिनियाँ प्रवासीहरूद्वारा ब्रिक्स सहयोगको सकारात्मक मूल्याङकन
2022-06-26 19:58:59cri
Share with:

 राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख बेलुकी पैचिङमा भिडियो तरिकामार्फत ब्रिक्स मुलुकका नेताहरूको १४ औं भेट वार्ताको अध्यक्षता गर्दै उच्च गुणस्तरीय साझेदारी सम्बन्धको स्थापना गर्नुका साथै ब्रिक्स सहयोगको नयाँ यात्राको आरम्भ गरौं शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। विदेशमा रहेका केही चिनियाँ प्रवासीहरूले हाल चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सीको उक्त महत्वपूर्ण सम्बोधनको सकारात्मक मूल्याङकन गर्नुका साथै उहाँको सम्बोधनले विश्वव्यापी समस्याको समाधानका लागि गहिरो अर्थ रहेको पनि प्रशंसा गरेका छन्।