चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुन २५ तारिख बोल्दै जुन २२ तारिख अफगानिस्तानमा गएको विनाशकारी भूकम्प विगत २० वर्ष यताकै सबैभन्दा भयंकर भूकम्प भएको बताउँदै यसबाट कम्तीमा १५ सय जनाको मृत्यु हुनुका साथै २ हजार जना घाइते भएका र ३ हजार भन्दा बढी भवन क्षतिग्रस्त भएको बताउनुभएको छ।
प्रवक्ता वाङ वन पिनका अनुसार, हाल भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्दै जाने छ। भूकम्पपछि चीन सरकारले अफगानिस्तानलाई ५ करोड चिनियाँ युआनको आपतकालीन मानवीय सहायता प्रदान गरेको छ। पहिलो खेपको राहत सामग्री जुन २७ तारिख चार्टर विमानबाट ढुवानी गरिने छ। अब उपरान्त चीनले अफगानिस्तानको अन्तरिम सरकारसँग घनिष्ट समन्वयन गरी राहत सामग्री पहिलो समयमा भूकम्पबाट प्रभावित बासिन्दाहरुलाई पुर्याउनसक्ने प्रत्याभूति दिने छ।