बीआरआईलाई बदनाम गर्ने गतिबिधिको चीनद्वारा विरोध
2022-06-27 18:58:36cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले वेल्ट एन्ड रोड अर्थात बीआरआई ऋणको पासो भनेर अमेरिकी अधिकारीको तथाकथित भनाइ सम्पूर्ण रुपमा गलत रहेको बताउनु भएको छ।

 

जुन २७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता चाउ लीच्येनले बीआरआई सुरु भएको ९ वर्षयता संयुक्त सल्लाह, निर्माण, शेयरको नीतिमा अडिग रहिरहेको छ भने सम्बद्ध मुलुकका जनतालाई व्यावहारिक लाभ दिएको जानकारी दिनुभयो।

 

विश्व बैङ्कको अनुमान अनुसार, बीआरआई प्रारूपमा रहेको यातायात पूर्वाधार कार्यक्रम पूरै संचालन भएका छन्। सन् २०३० सम्ममा हरेक वर्ष विश्वलाई १६ खर्ब अमेरिकी डलरको फाइदा प्रदान गर्नेछ भने विश्व जीडीपीको १.३ प्रतिशत पुग्नेछ। तीमध्ये ९० प्रतिशत साझेदारी मुलुकले शेयर गर्नेछन्, न्यून र निम्न मध्यम आय भएका देशले बढी फाइदा लिन्छन्। सन् २०१५ देखि सन् २०३० सम्म ७६ लाख व्यक्तिले ती कार्यक्रमबाट अति गरिबीबाट मुक्ति पाउनेछन् भने ३.२ करोड व्यक्ति मध्य गरिबीबाट मुक्त हुनेछन्।