विगत २५ वर्षमा हङकङको प्रतिव्यक्ति जीडीपी दोब्बर
2022-06-29 14:17:03cri
Share with:

चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५औँ वार्षिकोत्सव हो। विगत २५ वर्षमा मातृभूमिमा भर परेर हङकङले विभिन्न जोखिम र चुनौतीको सफलताका साथ सामाना गरेको छ साथै समृद्धि र स्थितालाई कायम राख्दै विकासमा नयाँ चमत्कारको सिर्जना गरेको छ।

हङकङको कुल गार्हस्थ उत्पादन सन् १९९७ को १३ खर्ब ७० अर्ब हङकङ डलरबाट बढेर सन् २०२१ मा २८ खर्ब ६० अर्ब हङकङ डलर पुगेको छ। हङकङको प्रतिव्यक्ति जी.डी.पी. मातृभूमिमा समाहित हुनुअघिको १ लाख ९२ हजार हङकङ डलरबाट सन् २०२१ मा ३ लाख ८७ हजार १ सय हङकङ डलर पुगेको छ जुन दुई गुणाले वृद्धि भएको देखिन्छ।

सन् २०२१ मा हङकङको वैदेशिक मालसामान व्यापारको कुल रकम करिब १०२ खर्ब ७० अर्ब हङकङ डलर पुगेको छ जुन सन् १९९७ को तुलनामा करिब २ गुणाले वृद्धि भएको छ।