चिनियाँ उच्च वैदेशिक पदाधिकारी पाकिस्तान लगायत ४ मुलुकको भ्रमणमा
2022-06-30 10:04:22CRI
Share with:

पाकिस्तान, संयुक्त अरब इमिरेट्स, जिम्बाब्वे र मोजाम्बिकका सरकारहरूको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रिय वैदेशिक मामिला समिति कार्यालयका निर्देशक याङ चेछले जुन २९ देखि जुलाई ४ सम्म माथि उल्लेखित ४ मुलुकको औपचारिक भ्रमण गर्नुहुने छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले उक्त जानकारी दिनुभएको हो।