सी चिनफिङद्वारा क्यारी ल्यामसँग भेट-वार्ता
2022-06-30 19:26:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन ३० तारिख दिउँसो हङकङमा हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी ल्यामसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले पाँच वर्षयता केन्द्रीय सरकारको दृढ समर्थनमा उहाँले प्रमुख कार्यकारीको जिम्मा लिएर एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गर्नु भएको र पाँच वर्षयता आफ्नो कार्यमा केन्द्रीय सरकारले सम्पूर्ण प्रशंसा गरेको उल्लेख गर्नुभयो। क्यारी ल्यामले नयाँ प्रमुख कार्यकारी र विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारलाई सक्रिय रूपमा समर्थन गरी हङकङ र देशको विकासलाई अरू योगदान गर्ने आशा आफूले लिएको सी चिनफिङले बताउनुभयो।

क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गर्नुभएकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गर्नुभयो। मातृभूमि बलियो र समृद्धि हुने र राष्ट्राध्यक्ष सी चिनफिङको हङकङ निरीक्षण कार्यक्रम सफल हुने इच्छा आफूले लिएको पनि उहाँले बताउनुभयो।

जुन ३० तारिख दिउँसो सी चिनफिङले हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरू, हङकङका विभिन्न क्षेत्रका प्रतिनिधि व्यक्तिहरू, हङकङका अनुशासित सेवकहरु, हङकङमा तैनाथ केन्द्रीय एकाइ र प्रमुख चिनियाँ अनुदान संस्थाका प्रमुखहरूसँग भेट गर्नुभयो।