खडेरी प्रतिरोध गर्न चीनमा विभिन्न कदम
2022-07-02 16:36:35cri
Share with:

चीनको हनान प्रान्त मुख्य अन्न उत्पादन क्षेत्र हो। जुन महिनादेखि हनान प्रान्तका सातवटा मौसम स्टेशनको दैनिक शीर्ष उच्च तापक्रम ४० डिग्री सेल्सियस नाघेका छ। यो तापक्रमको हालसम्मको उच्च रेकर्ड पनि हो।

 

यस वर्ष चीनको ग्रीष्मकालीन अन्नबाली उत्पादन भइरहेको छ। ग्रीष्म ऋतुमा रोपिएको अन्न भने शरद ऋतुमा तयार हुनेछ जुन वर्षभरि अन्न उत्पादनको प्रमुख हिस्सा पनि हो। यसले वार्षिक कूल अन्न उत्पादन मात्राको तीन चौथाइ भाग समेट्ने गर्छ। हाल उच्च तापक्रममा रहेका हनान, शानतोङ, हपै, भित्री मंगोलिया अन्न उत्पादन ठूलो प्रान्त हुन्। गत वर्षको अन्न उत्पादन मात्राको हिसाबले ती चार वटा प्रानतको अन्न उत्पादन मात्रा समस्त चीनको ३० प्रतिशत पुगेको थियो।

 

त्यसैले चीनको कृषि मन्त्रालयले ३ वटा कार्यदल खटाएर हपै, शानतोङ, हनान समेत प्रान्त पुगी प्रविधिक निर्देशन गरेको छ। पहिलाको अवस्थाबाट हेर्दा खडेरीले कुनै क्षेत्रको अन्न उत्पादन मात्रालाई प्रभाव पार्छ तर समस्त चीनको वार्षिक अन्न उत्पादन अवस्थालाई त्यति स्पष्ट प्रभाव पर्दैन। उचित प्रतिकृया दिएमा फसल अझै राम्रो हुनेछ।