अमेरिकी ओहायो राज्यमा एक अफ्रिकी अमेरिकी पुरूषलाई प्रहरीले गोली हानी मारेकोमा स्थानीयको व्यापक विरोधी
2022-07-03 16:28:11cri
Share with:

हाल अमेरिकाको ओहायो राज्यमा एक २५ वर्षीय अफ्रिकी अमेरिकी पुरूषलाई एक यातायात जाँचमा प्रहरीले गोली हानी मारेको छ। अमेरिकी मिडियाका अनुसार, संलग्न भएका ८ जना प्रहरीले उक्त पुरूषतिर ९० पटक गोली प्रहार गरेका थिए। उनको शरीरमा ६० गोली लागेको थियो। जसबाट स्थानीयको कडा विरोध भएको छ।

 

स्थानीयहरूले न्यायको माग गरेका छन्। ती जातिवाद प्रहरीलाई सजाय दिनुपर्ने उनकीहरुको माग छ। गोली प्रहारमा संलग्न प्रहरीलाई निलम्बन गरी अनुसन्धान भरहेका छ।

 

प्रहरीका अनुसार, तत्काल प्रहरीले उनलाई यातायात जाँच गर्न तयार गरेको थियो तर उनले गाडी नरोकेकी भागेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा कुनै मान्छे उक्त गाडीबाट निस्केर प्रहरीमाथि गोली हानेको थियो। अन्तमा प्रहरीले गोली हानी उनलाई मारेका थिए। तर फोरेन्सिकको प्रतिवेदन अनुसार, हातमा हातकडी लगाएर पैदल मार्गमा बसेका बेला उनीमाथि गोली हानिएको थियो। प्रहरीका अनुसार, घटनास्थलको भिडियो जुलाइ ३ तारिख सार्वजनिक हुनेछ।