म्यानमार समस्याको समाधानप्रति चीनका ३ आशा
2022-07-04 18:45:24CRI
Share with:

स्थानीय समयानुसार जुलाई ३ तारिख, म्यानमारको बागानमा भएको लानछाङ–मेकोङ सहयोग सम्बन्धि विदेश मन्त्रीस्तरीय सातौं सम्मेलनको क्रममा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले कम्बोडियाका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री प्राक सोखोनसँग भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँहरूले म्यानमारको परिस्थितिबारे बैचारिक आदानप्रदान गर्दा वाङ यीले म्यानमार समस्याको समाधानका लागि चीनका ३ आशाबारेमा व्याख्या गर्नुभयो। 

सो अवसरमा प्राक सोखोनले म्यानमार समस्याका विशेष दूतका रूपमा आफ्नो म्यानमार भ्रमणबारे जानकारी दिनुभयो। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले आशियानको वर्तमान अध्यक्ष मुलुक भएयता म्यानमार समस्याको लागि कम्बोडियाले गरेको सक्रिय मध्यस्थताको प्रशंसा गर्दै यस विषयमा चीनका ३ आशाको व्याख्या गर्नुभएको हो। उहाँले उल्लेख गर्नुभएका ३ आशा यस प्रकार छनः 

पहिलो, चीन र आसियानको संयुक्त प्रयासमा संवैधानिक र कानुनी प्रारूपमा म्यानमारको राजनीतिक मेलमिलापको प्रवर्द्धन गरिनुपर्छ। साथै म्यानमारका विभिन्न दलहरूले देशको मूल स्थिति र जनताको हितलाई प्राथमिकतामा राखेर सबै पक्षको अनुकूल मागलाई ध्यानमा राख्नुपर्छ। यसले गर्दा स्थिरता तथा शान्ति सक्दो चाँडो प्राप्त हुने छ।            

दोस्रो, चीन र आसियानले संयुक्त रूपमा म्यानमारमा प्रजातान्त्रिक रूपान्तरणको प्रक्रियालाई पुनः सुरु गर्दै जनतामा सत्ता फिर्ता गर्ने अपेक्षालाई साकार तुल्याउने आशा गरेका छन्। यसले गर्दा म्यानमारको राष्ट्रिय अवस्था अनुकूल म्यानमारका विशेषतायुक्त राजनीतिक विकास मार्गको खोजी गर्ने अपेक्षा चीनको छ। 

तेस्रो, आसियानले "आसियान तरिका" लाई कायम राख्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र समन्वयमा आधारित सिद्धान्त र परम्पराको पालना गर्ने आशा गरिएको छ। 

सोही अवधिमा प्राक सोखोनले भन्नुभयोः वर्तमान जटिल र परिवर्तित परिस्थितिको सामना गर्दा कम्बोडियाले दृढताका साथ इतिहासको सही पक्षमा उभिँदै आपसी हित र साझा जीतको भावनामा आधारित शान्ति, चीनसँग हातमा हात मिलाएर क्षेत्रीय स्थिरता र समृद्धिको संरक्षण गर्ने आशा कम्बोडियाले गरेको छ।