विश्व विकास प्रस्तावमा साझेदारी भावनाको अक्षरशः पालना
2022-07-04 17:16:00CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले जुलाई ४ तारिख विश्व विकास प्रस्तावले खुला र समावेशी साझेदारी भावनाको अक्षरशःपालना गरेको, चीनले विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई सहयोगमा संलग्न हुन स्वागत गरेको कुरा बताउनुभएको छ।

प्रवक्ता चाउले केही दिनअघि आयोजना भएको विश्व विकास उच्च वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकासलाई अगाडि बढाउने श्रृंखलाबद्ध व्यवहारिक सहयोग कदमहरू प्रस्तुत गर्नुभएको, उक्त वार्तामा सहभागी नेताहरूले यसको उच्च प्रशंसा गर्नुभएको र सहयोगको इच्छा व्यक्त गर्नुभएको कुरा बताउनुभयो।

उहाँले चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर वार्ताको उपलब्धिलाई सक्रियताका साथ व्यवहारमा उतार्ने, विश्व विकासको सहयोग क्षेत्रमा स्रोत साधानमा थप लगानी लगाउने, विभिन्न पक्षसँग गरिबी न्यूनीकरण, अन्नबालीनको सुरक्षा, महामारी बिरुद्ध र खोप, जलवायु परिवर्तन, हरित विकास, औद्योगिकीकरणआदि क्षेत्रहरूमा व्यवहारिक सहकार्य गर्ने कुरा बताउनुभयो।