अमेरिकामा गर्भवतीमा कोभिडको असर नकारात्मक
2022-07-05 19:43:06CRI
Share with:

अमेरिकाको नेशनल सेन्टर फर हेल्थ स्ट्याटिस्टिक्सले यस वर्षको सुरुमा जारी गरेको प्रतिवेदन अनुसार कोरोना भाइरसले देशभरका गर्भवतीहरूलाई नकारात्मक असर पारेको छ। सन् २०२० मा मातृ मृत्युदरमा सन् २०१९ को तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। सन् २०२० मा समग्र अमेरिकी मृत्युदरमा वृद्धि भएको थियो। सो वर्ष १६ प्रतिशत गर्भवती मृत्यु दरमा उच्च वृद्धि आएको थियो। 

युनिभर्सिटी अफ मेरील्याण्ड र बोस्टन युनिभर्सिटीको नयाँ विश्लेषण २८ जुनमा जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित भएको छ। त्यसमा उल्लेख भए अनुसार मातृ मृत्यु दरमा भएको वृद्धि वास्तवमा एनसीएचएसले सार्वजनिक गरेको प्रारम्भिक दरको दोब्बरको नजिक रहेको छ। विश्लेषणले यो पनि देखाएको छ कि अश्वेत र हिस्पैनिक आमाहरू मूल रूपमा सोचेको भन्दा बढी प्रभावित हुन सक्छन्।

यूएम स्कूल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक मेरी थोमा र बीयू स्कूल अफ पब्लिक हेल्थका प्रोफेसर युजीन डेक्लर्कले सन् २०१८ देखि मार्च २०२० सम्मको मातृमृत्युदर डाटालाई अप्रिल र डिसेम्बर २०२० सम्मका रेकर्डहरूलाई तुलना गरेपछि यस्तो अवस्था देखिएको छ। यो एनसीएचएसको रिपोर्टको तुलनामा मातृ मृत्युको धेरै राम्रोसँग विभाजन गरिएको विश्लेषण हो जसले सन् २०२० को सम्पूर्ण वर्षलाई २०१९  को पूरै वर्षको तुलनामा सार्वजनिक स्वास्थ्य स्रोतहरूमा ठूलो परिवर्तन रहेको र कोभिडका कारण जोखिमको ठूलो त्रासदी रहेको उल्लेख छ।