“विश्वव्यापी विकास: साझा कार्यभार र गतिविधिको मूल्य” शीर्षकमा थिङकट्याङक उच्च स्तरीय मञ्चको आयोजना
2022-07-05 10:36:46cri
Share with:

“विश्वव्यापी विकास: साझा कार्यभार र गतिविधिको मूल्य” शीर्षकमा थिङकट्याङक उच्च स्तरीय मञ्च ४ तारिख पैचिङमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय समितिको प्रचार प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले उद्घाटन समारोहमा सहभागी हुँदै राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना सन्देश पढेर सुनाउनुका साथै मुख्य विषयमा सम्बोधन पनि गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा प्रमुख ह्वाङले राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्ने कार्यसामु देखापरेको जटिल परिस्थिति र चुनौतीको गहन रूपमा व्याख्या गर्नु बाहेक विकासका लागि विभिन्न किसिमका शक्तिलाई जम्मा पार्न निकै महत्त्वपूर्ण निर्देशन दिएको औंल्याउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा प्रस्तुत गर्नुभएको विकास प्रस्तावलाई अन्तर्राष्ट्रिय समाजले विस्तृत रूपमा समर्थन गरेको पनि प्रमुख ह्वाङले जोड दिनुभएको छ।