चीनको सुधार तथा खुलापन चीनका लागि मात्रै नभएर विश्वकै लागि हितकर
2022-07-05 18:46:47CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले जुलाई ५ तारिख नियमित पत्रकार सम्मेलनमा चीनको सुधार तथा खुलापन चीनका लागि हितकर हुनुका साथै संसारका लागि पनि हितकर भएको बताउँदै यसले चीनको आर्थिक विकासका साथै विश्व अर्थतन्त्रको समृद्धिका लागि महत्वपूर्ण योगदान दिएको कुरा बताउनुभएको छ। 

५ तारिख बिहान चीनका उप प्रधानमन्त्री लिउ हले अमेरिकी अर्थ मन्त्री  जेनेट एल येलेनसँग टेलिफोन वार्ता गर्नुभएको थियो। प्रवक्ता चाउले सम्बन्धित प्रश्नको जवाफ दिँदै अमेरिकाको समाचारमा चीनको “गैर बजार व्यापारिक कारवाही”को खण्डन गर्ने सम्बन्धित विषय वास्तविकताअनुकूल नभएको कुरा बताउनुभयो। उहाँले विगत ४० वर्षको वास्तविकताबाट चीनको अर्थतन्त्रको सफलता सुधार तथा खुलापन नीतिको सफलता भएको भन्दै यो चीनको आर्थिक विकासको मूल्यवान अनुभव भएको कुरा बताउनुभयो।

भन्सार कर समस्याबारे चीनको अडान अविच्छिन्न र स्पष्ट रहेको पनि उहाँले बताउनुभयो।