लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच टेलिफोनवार्ता
2022-07-05 17:01:44CRI
Share with:

जुलाई ५ तारिख विहान चीनका उप-प्रधानमन्त्री लिउ हले अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। 

दुई पक्षले समष्टिगत अर्थतन्त्रको परिस्थिति, विश्वको व्यवसायमा आपूर्ति श्रृंखलाको स्थिरताबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। उहाँहरूको आदान-प्रदान रचनात्मक छ। उहाँहरूकाअनुसार, हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ। चीन र अमेरिकाले समष्टिगत नीतिबारे आदान-प्रदान गर्नुको ठूलो अर्थ छ। दुई मुलुकले विश्वको व्यवसाय आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गर्नु चीन र अमेरिका र समग्र संसारका लागि हितकर छ। 

दुई पक्षले निरन्तर रुपमा वार्ता आदान-प्रदान गर्न स्वीकार गर्नुभयो।