चीन र अमेरिका बीच पुन: भिडियो वार्ता
2022-07-06 10:59:33cri
Share with:

 

 

चीनले जुलाई ५ तारिख बिहान “लिउ ह र अमेरिकी वित्त मन्त्री एल येलेन बीच भिडियो वार्ता” भन्ने शीर्षकमा जम्मा २०९ वटा अक्षरको सूचना जारी गरेको छ। त्यस सूचनाबाट हेर्दा चीनको धारणा अडिग र निश्चित रहेको देखिन्छ। वर्तमान अमेरिका र विश्वका लागि निश्चितता ज्यादै आवश्यक कुरा रहेको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य, उप प्रधानमन्त्री एवम् चीन अमेरिका सम्पूर्ण आर्थिक संवार्ता सम्बन्धी चीन पक्षका प्रमुख लिउ हले जुलाई ५ तारिख बिहान निर्धारित योजना अनुसार अमेरिकी वित्त मन्त्री एल येलेनसँग भिडियो वार्ता गर्नुभएको छ। यस भिडियो वार्ताको उद्देश्य चीन अमेरिका दुवै देशका राष्ट्रनायक बीच टेलिफोन वार्ताको भावनालाई व्यवहारमा उतारिनु नै हो।

 

उक्त भिडियो वार्तामा दुवै पक्षले समष्टिगत आर्थिक परिस्थिति, विश्वव्यापी व्यवसाय लाइन र आपूर्ति लाइन लगायतका विषयहरूबारे वास्तविक र सदिच्छापूर्वक वैचारिक आदान प्रदान गरेका छन्।

 

दुवै पक्षले के ठहर गरेका छन् भने वर्तमान विश्व सामु गम्भीर चुनौती देखा परेकाले चीन अमेरिका समष्टिगत नीति सम्बन्धी समन्वय र सम्पर्कलाई सबल पार्नु ज्यादै महत्वपूर्ण रहेको छ। सँगसँगै मिलेर विश्वव्यापी व्यवसाय लाइन र आपूर्ति लाइनको स्थिरताको संरक्षण गर्ने कुराबाट चीन अमेरिका दुवै देश र पूरै विश्वका लागि हितकर हुनेछ।