वाङ यीद्वारा चीन र थाइल्याण्डका विदेश मन्त्रीहरूको भेटवार्ताको महत्वपूर्ण सहमतिबारे चर्चा
2022-07-06 16:39:44CRI
Share with:

स्थानीय समयबमोजिम जुलाई ५ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले बैंककमा थाइल्याण्डका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री डन प्रामूद्विनाइसँग भेटवार्ता गरेपछि संयुक्त रुपमा पत्रकारसँग कुराकानी गर्नुभएको छ। 

वाङ यीले चालू वर्ष चीन र थाइल्याण्डको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको दशौं वार्षिकोत्सव भएको बताउँदै  थाइल्याण्डको भ्रमणको दौरान दुई पक्षले गहिरो रुपमा रणनीतिक आदान-प्रदान गरेर ४ सूत्रीय सहमति निकालेको जानकारी दिनुभयो। 

पहिलो, दुई पक्षले चीन र थाइल्याण्डको भाग्य समुदायको संयुक्त रुपमा निर्माण गर्ने छन्।

दोस्रो, दुई पक्षले चीन-थाइल्याण्ड रेलमार्ग छिटो रुपमा संचालनको  प्रत्याभूति दिनेछन्।

तेस्रो, दुई पक्षले साइबर सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्नेछन्।

चौथो, दुई पक्षले एपेकका नेताहरूको अनौपचारिक सम्मेलनमा प्राप्त सकारात्मक उपलब्धिलाई अगाडि बढाउने छन्।