भारतले भारतमा रहेका चिनियाँ उद्योग-व्यवसायहरूका लागि गैर-भेदभावपूर्ण व्यापारिक वातावरण उपलब्ध गराउने चीनको आशा
2022-07-06 17:21:10CRI
Share with:

जुलाई ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। पत्रकारले प्रश्न सोधेअनुसार, भारतीय कानूनी कार्यान्वयन व्यूरोले चिनियाँ मोबाइल उत्पादन उद्योग-व्यवसाय भिभो र सम्बन्धित उद्योग-व्यवसायका केही उत्पादन स्थलहरूको आकस्मिक रुपमा जाँचबुझ गरेको छ। चीनको विचार के छ? 

प्रवक्ता चाउले चीनले उक्त कुरामा ध्यान दिँदैआएको कुरा बताउनुभयो। चाउकाअनुसार, चीन सरकारले चिनियाँ उद्योग-व्यवसायसँग विदेशमा वैधानिक रुपमा व्यापार गर्न आग्रह गर्नुका साथै चिनियाँ उद्योग-व्यवसायलाई आफ्नो वैधानिक हितको संरक्षण गर्न समर्थन दिएको छ। चीनले भारतले वैधानिक रुपमा जाँचबुझ गर्ने, भारतमा रहेका चिनियाँ उद्योग-व्यवसायका लागि निष्पक्ष, न्यायिक, गैर-भेदभावपूर्ण व्यापारिक वातावरण उपलब्ध गराउने आशा लिएको छ।

 

 

 

‌‌