सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी
2022-07-06 16:06:02CRI
Share with:

फ्रान्सेली फिल्म ‘दिग्वी’ नेपालमा छायांकन गर्ने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मलेन गर्दै फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने बताएको छ । ३५ दिनको छायांकन सेड्युलमा बन्ने फिल्ममा नेपाली कलाकारलाईसमेत समावेश गर्ने भएको छ । 

रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनका अनुसार ९० प्रतिशत फिल्मको छायांकन नेपाल र अन्य फ्रान्समै हुने बताउनुभयो। २०७२ को भूकम्पमा नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएको कान्तिपुर अनलाइनमा खबर छ। 

फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । फिल्ममा मुख्य पात्रको रुपमा देखिने बालकलाकारको अडिसन चाँडै हुने बताइएको छ। फिल्ममा नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमुख दिग्विजय भारती र सुरेश अधिकारी हुन्। 

मार्चदेखि फिल्मको छायांकन सुरु हुनेछ। नेपाल फिल्म प्रोडक्सनका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने बताउनुभयो।