भावी पाँच वर्षमा हङकङको नयाँ प्रगति
2022-07-07 10:25:10cri
Share with:

जटिल अवस्थाबाट सुशासनसम्म पुगेको हङकङले सुशासनबाट समृद्धितर्फ विकास गर्न् नयाँ चरणमा प्रवेश गरेको छ। भावी पाँच वर्ष हङकङले नयाँ अवस्था र नयाँ प्रगति सिर्जना गर्ने महत्वपूर्ण अवधि हो। अवसर र चुनौति एकसाथ रहन्छन्  र चुनौतिभन्दा अवसरबढी हुने गर्छ।  जुलाई १ तारिख हङकङ मातृभूमिमा फर्केको २५ औँ वार्षिकोत्सव मनाउने समारोह एबम् हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौँ प्रमुख कार्यकारीको पदबहाली समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उक्त कुरा बताउनुभएको हो। उहाँले भावी पाँच वर्षमा हङकङको विकासका लागि चार आशा व्यक्त गर्दै हङकङलाई अझ सुन्दर भविष्यतर्फ जान निर्देशन गर्नुभएको छ। यी चार आशा भनेको सुशासन स्तरको सुधार, विकास शक्तिको प्रवर्द्धन, नागरिकको कठिनाईको खास समाधान र मेलमिलापयुक्त स्थिरताको सँयुक्त रक्षा हुन्।

 

 चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता राष्ट्राध्यक्ष सीले सधैँ हङकङको समृद्धि र स्थितालाई जोड दिँदै आउनुभएको छ। उहाँका अनुसार विकास नै हङकङ बाँच्ने आधार मात्र नभई विभिन्न समस्याको समाधान गर्ने सुनको चाबी पनि हो। राष्ट्राध्यक्ष सीले हङकङ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारले वास्तविक गतिविधिमार्फत एक देश दुई व्यवस्था सिद्धान्तलाई पालना गर्दै हङकङ बासिन्दाले सबभन्दा चासो दिएको समस्याको समाधान गर्ने आशा गर्नुभएको छ। जसबाट पूर्ण रुपमा केन्द्रीय सरकार र हङ्कङ बासिन्दाबीच मन जोड्ने अभिव्यक्त भएको छ।

 

 मातृभूमिको समर्थन र विश्वसँग जोड्नु नै हङकङको स्पष्ट श्रेष्टता हो। हङकङले राष्ट्रिय विकासबाट ल्याएको ऐतिहासिक अवसर लिनेमा केन्द्रीय सरकारले पूर्ण शक्तिले समर्थन दिँदै जानेछ। “पञ्च वर्षीय योजना”, क्वाङ्तोङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको निर्माण, बीआरआईको उच्च गुणस्तरीय विकास आदि राष्ट्रिय रणनीतिहरुले हङकङको विकासका लागि दिशा सिर्जना गर्दछ।

 

राष्ट्रिय “पञ्च वर्षीय योजना”ले स्पष्ट रुपमा हङकङको अन्तर्राष्ट्रिय वित्त, ढुवानी र व्यापार केन्द्र आदि परम्परागत श्रेष्ठतालाई उकास्न समर्थन दिन्छ। यसमध्ये राष्ट्राध्यक्ष सीले व्यक्तिगत रूपमा योजना बनाएर बन्दोबस्त र प्रवर्द्धन गर्नुभएको क्वाङतोङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको निर्माण परियोजना हङकङलाई राष्ट्रिय ठूलो विकाससँग मिलाउने राम्रो अवसर हो।

 

सुरक्षा विकासको पूर्वाधार हो। राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चुनौति र कठिनाई पार गरेपछि सबैले महसुस गर्छन् कि हङकङले अराजकता सहन सक्दैन।

 

 ऐतिहासिक लामो नदीका लागि २५ वर्ष केवल एक क्षण मात्र हो। तापनि यो क्षण हङकङका लागि विशेष भावार्थ रहेको छ भने यसबाट एक देश दुई व्यवस्थाको सफल अभ्यास प्रमाणित भएको छ।