सन् २०२२ विश्वव्यापी सङ्ग्रहालयका मूल्यवान सम्पदाहरू अनलाईन प्रदर्शन शुरू
2022-07-07 15:14:18cri
Share with:


 

चिनियाँ राष्ट्रिय सङ्ग्रहालय र देशविदेशका जम्मा ३३ वटा उच्चस्तरीय सङ्ग्रहालयहरूले सँगसँगै मिलेर अनलाईनमार्फत मूल्यवान सम्पदाहरूको प्रदर्शन थालेका छन्। योसँगै विश्वभरका दर्शकहरूले जुलाई ६ देखि ११ तारिखसम्म आफ्नै घरमा बसेर विश्व सभ्यताको कुशलता र सुन्दरताको अवलोकन गर्न सक्ने छन्।

 

हातमा हात मिलाउँदै सँगै मिलेर विश्व सभ्यताको कुशलता र सुन्दरताको दृश्यावलोकन गरौँ शीर्षकमा विश्वव्यापी सङ्ग्रहालयका मूल्यवान सम्पदाहरूको प्रदर्शनी सम्बन्धी अनलाईन कार्यक्रमको पहिलो गन्तव्य जुलाई ६ तारिख बेलुकी ८ बजेतिर चिनियाँ राष्ट्रिय सङ्ग्रहालयमा औपचारिक रूपमा शुरू भएको छ।

 

प्राप्त जानकारी अनुसार, चिनियाँ राष्ट्रिय सङ्ग्रहालयले “अक्षरमार्फत् चीन हेर्ने: चीन राष्ट्रको सभ्यताका जिन र गोपनीयताको विश्लेषण” शीर्षकमा अनलाईनमा प्रत्यक्ष प्रसारण गरेको छ। राष्ट्रिय सङ्ग्रहालयका प्रमुख वाङ छुन फाले प्रत्यक्ष प्रसारण क्रममा ५ हजार वर्षभन्दा लामो समययता चीन राष्ट्रको सभ्यताको विकास र विश्व सभ्यताबीचको आदान प्रदान विषयमा जानकारी दिनुभएको छ।