जुलाई ७ तारिख चीनको वाणिज्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले जुलाई ५ तारिख बिहान चीनका उप प्रधानमन्त्री लिउ हले अमेरिकी अर्थ मन्त्री जेनेट एल येलेनसँग भिडियो वार्ता गर्दै समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरताआदि विषयहरूबारे वैचारिक र सदिच्छापूर्ण आदान-प्रदान गरेकाले उक्त वार्ता रचनात्मक भएको बताउनुभएको छ।
हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ। समष्टिगत नीति क्षेत्रमा चीन र अमेरिकाबीचको आदान-प्रदान बढाउनु र विश्वको व्यवसाय आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गर्नु चीन र अमेरिका र समग्र संसारका लागि हितकर भएको छ। अमेरिकाले चीनप्रति भन्सार कर असुल्न र नाकाबन्दी रद्द गरेको कुरामा चीनले ध्यान दिएको छ।
दुई पक्षका आर्थिक तथा व्यापारिक टोलीहरूले घनिष्ठ सम्पर्क गर्ने, समष्टिगत अर्थतन्त्र नीतिको आदान-प्रदान गर्ने र अर्थतन्त्र तथा व्यापार क्षेत्रको व्यवहारिक सहयोग अगाडि बढाउने विषयमा मतैक्यता बनाएका छन्।