चीन र अमेरिकाको सम्बन्धको “रेलिङ” चीन-अमेरिका तीन संयुक्त विज्ञाप्ति होः चीनको परराष्ट्र मन्त्रालय
2022-07-07 17:16:50CRI
Share with:

अमेरिकी परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीले हाल पत्रकार सम्मेलनमा अमेरिका र चीनका परराष्ट्र मन्त्रीहरूको भेटवार्ताको मुख्य उद्देश्यहरूमध्येको एक के हो भने दुई मुलुकको सम्बन्धको “रेलिङ” सुदृढ पार्नु भएको बताएका छन्। 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले जुलाई ७ तारिख नियमित पत्रकार सम्मेलनमा अमेरिकाले सधैं नै “रेलिङ”भन्ने शब्द भनेको, चीन र अमेरिकाको सम्बन्धको “रेलिङ” चीन-अमेरिका तीन संयुक्त विज्ञाप्ति भएको बताउनुभयो। 

प्रवक्ता चाउकाअनुसार, चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो। दुई पक्षले दुई मुलुकको सम्बन्धलाई स्वस्थ र स्थिर विकास बाटोमा पुनःफर्काउनुपर्ने छ। अमेरिकाले चीन-अमेरिका तीन संयुक्त विज्ञप्तिको नियम र चीनलाई दिएको प्रतिबद्धतालाई पालना गर्नुपर्ने छ।