चीनद्वारा जापानी पूर्व प्रधानमन्त्री अबेप्रति श्रद्धाञ्जली
2022-07-08 20:48:53CRI
Share with:

प्राप्त समाचारमा जनाइएअनुसार, जापानका भूतपूर्व प्रधानमन्त्री सिन्जो अबेको बन्दुक प्रहार गरी हत्या गरिएको छ। 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले उक्त आकस्मिक घटनाबाट चीन स्तब्ध भएको बताउँदै पूर्व प्रधानमन्त्री सिन्जोले चीन र जापानको सम्बन्धको सुधारका लागि योगदान दिनुभएको कुरा स्मरण गर्नुभयो। उहाँले चीनले भूतपूर्व प्रधानमन्त्री सिन्जोका आफन्तप्रति गहिरो सहानुभूति पनि व्यक्त गरेको कुरा बताउनुभयो।