परराष्ट्र मन्त्री वाङ यीद्वारा युरोपेली संघका परराष्ट्र तथा सुरक्षा नीति सम्बन्धका उच्च प्रतिनिधिसँग भेटवार्ता
2022-07-08 15:22:47cri
Share with:

 चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जुलाई ७ तारिख बाली टापुमा २० मुलुक समूह अर्थात् जी २० का परराष्ट्र मन्त्री सम्मेलनमा सहभागी हुँदै युरोपेली संघका परराष्ट्र तथा सुरक्षा नीति सम्बन्धका उच्च प्रतिनिधि जोसेफ बोरेलीसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा प्रतिनिधि बोरेलीले एक चीन नीतिलाई दृढताका साथ अपनाउनुका साथै चीनसित अझ बढी रणनीतिक समन्वय र सहकार्य चलाउँदै जान युरोपेली संघ इच्छुक रहेको औंल्याउनुभएको छ।

 

परराष्ट्र मन्त्री वाङले विश्व बहुध्रुवीकरणको प्रक्रियामा रहेको यो अवस्थामा दुई महत्वपूर्ण शक्तिको रूपमा चीन र युरोपेली संघले रणनीतिक साझेदारी सम्बन्धलाई कायम राख्दै संवार्तामार्फत आदान प्रदान गरी सकारात्मक प्रवृत्तिलाई निरन्तरता दिन जोड दिनुभएको छ।