चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच भेटवार्ता
2022-07-09 18:52:35CRI
Share with:

स्थानीय समय बमोजिम जुलाई ९ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले बाली टापूमा बीस मुलुक समूहका विदेश मन्त्रीहरूको सम्मेलनपछि अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गर्नुभएको छ। दुई पक्षले चीन र अमेरिकाको सम्बन्ध र साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे चौतर्फी, गहिरो र सदिच्छापू‍र्ण आदान-प्रदान गर्नुभएको छ। दुई पक्षले उक्त भेटवार्ता व्यवहारिक र रचनात्मक भएको ठहर गरेका छन्।

 

वाङ यीले चीन र अमेरिकाको सम्बन्ध कठिन अवस्थबाट मुक्त हुने मूलभूत सिद्धान्त दुई मुलुकका नेताहरूद्वारा प्राप्त भएको सहमतिलाई व्यवहारमा उतार्नु भएको बताउँदै चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहयोग र साझा विजयको सम्बन्धमा राष्ट्राध्यक्ष सीद्वारा प्रस्तुत गरिएको तीन वटा सिद्धान्तबमोजम दुई मुलुकको सम्बन्धको विकास गर्ने कुरा बताउनुभयो। 

 

वाङ यीले अमेरिकाले चिनियाँ जनतालाई चीनको विशेषतायुक्त समाजवादी बाटो छनोटको सम्मान गर्नुपर्ने, चीनको राजनीतिक व्यवस्थाको बदनाम गर्न छोड्नुपर्ने व्यक्त गर्नुका साथै अमेरिकाले चीनलाई थप भन्सार कर असुल्ने काम तुरुन्तै रद्द गर्नुपर्ने, चिनियाँ उद्योग-व्यवसायलाई एकतर्फी नाकाबन्दी लगाउन छोड्नुपर्ने कुरा बताउनुभयो।

 

ब्लिन्केनले चीनप्रति अमेरिकाको नीतिबारे जानकारी दिनुभयो। उहाँले अमेरिकाले चीनको व्यवस्था परिवर्तन नगर्ने, “थाइवानको स्वतन्त्रता”को समर्थन नदिने कुरामा जोड दिनुभयो। अमेरिका द्विपक्षीय सम्बन्धमा जोखिम कारक-तत्वको नियन्त्रण गर्ने कुरामा अडिग लागिरहने कुरा उहाँले बताउनुभयो।