विश्वलाई त्रास दिएको चीनले होइन, नेटोले होः स्पेनिश सञ्चार-माध्यम
2022-07-09 15:29:15CRI
Share with:

हाल स्पेनको दैनिक समाचार वेभसाइटले “नेटोः चीनमाथि लक्षित”शीर्षकको लेख प्रकाशित गरेको छ। 

उक्त लेखअनुसार, नेटोको म्याड्रिड शिखर सम्मेलनमा चीन “प्रणालीगत चुनौती” बन्ने मुलुक हो भन्ने कुरा प्रस्तुत गरिएको छ। यसबाट नेटो अमेरिकाको रणनीतिक हितका लागि सेवा दिने गठबन्धन भएको प्रतिविम्वित भएको छ। 

नेटो र अमेरिकाले लामो समयमा चीनलाई “नियममा रहेको अन्तर्राष्ट्रिय व्यवस्था” भंग गरेको आरोप लगाएका छन्। तर भूतपूर्व युगोस्लाभिया, इराक, अफगानिस्तान, लिबियामा नेटो र अमेरिकाको रणनीतिक हितको संरक्षण गर्दा अमेरिका र नेटोले नियम पालना गरेका थिएनन्। 

ती लेखककाअनुसार, विश्वका प्रायजसो व्यक्तिहरूका लागि चीन त्रास होइन, पश्चिमाको प्रभुत्ववाद नै त्रास हो।