"चीनको डिजिटल अर्थतन्त्र विकासश्वेतपत्र (२०२२)" सार्वजनिक
2022-07-09 16:29:33CRI
Share with:

चिनियाँ सूचना तथा दूरसञ्चार अनुसन्धानालयले जुलाई ८ तारिख "चीनको डिजिटल अर्थतन्त्रको विकास श्वेतपत्र (२०२२)" सार्वजनिक गरेको छ। चीनको औद्योगिक डिजिटलाइजेसनले डिजिटल अर्थतन्त्रको ८० प्रतिशतभन्दा बढी ओगटेको छ र डिजिटल अर्थतन्त्रको संरचना बढी अनुकूलित बनिरहेको सो श्वेतपत्रमा उल्लेख गरिएको छ। 

"श्वेतपत्र" मा यसरी जनाइएको छ कि सन्२०१२देखि चीनको डिजिटल अर्थतन्त्रको औसत वार्षिक वृद्धि दर १५.९ प्रतिशत छ, जुन सोही अवधिको औसत गार्हस्थ्य उत्पादित परिमाण (जीडीपी) वृद्धि दरभन्दा उल्लेखनीय रूपमा उच्च छ। चीनमा ब्रोडब्यान्ड, ५ जी र औद्योगिक इन्टरनेटको विकाससँगै सन्२०२१मा, चीनको डिजिटल अर्थतन्त्रको परिधि ४५.५ खरब चिनियाँ युआन पुग्यो जुन गत वर्षको सोही अवधिको तुलनामा १६.२ प्रतिशतले वृद्धि भयो। औद्योगिक डिजिटलाइजेशन नै डिजिटल अर्थतन्त्रको विकासको मुख्य इन्जिन बनेको छ। 

चिनियाँ सूचना तथा दूरसञ्चार अनुसन्धानालयका उप-निर्देशक वाङ चछिनले जानकारी दिनुभए अनुसार, सम्पूर्ण डिजिटल अर्थतन्त्रको संरचना अझ अनुकूलित भइरहेको छ। बिगत केही वर्षयता औद्योगिक डिजिटलाइजेसन उल्लेखनीय रूपमा बढ्दै आइरहेको छ र हालसम्म ८२ प्रतिशतको भाग बनेको छ।