बाढी प्रतिरोध गर्न चीनले के गर्दैछ
2022-07-11 15:05:41CRI
Share with:

हाल चीनका मोती नदी, याङसी नदीलगायतका केही क्षेत्रमा बाढी प्रतिरोधको काम भइरहेको छ। जलस्रोत मन्त्रालयको अनुमान अनुसार, जुलाको पहिलो सातादेखि अगष्टको अन्तसम्ममा पीत नदीको मध्य तथा तल्लो भाग, हाइ नदी, ल्याउ नदी, ह्वाइ नदी र हान नदीमा ठूलो बाढी उने छ। साथै याङसी नदी, सुङह्वा नदी, थाइहु नदी क्षेत्रमा पनि भिषण वर्षा र बाढी उने छ।

 

हाल जारी वर्षा र त्यसले ल्याएको बाढी प्रकोपको प्रतिरोध अवस्थाबाट हेर्दा केही वर्षयता चीनले निर्माण गरेको जलस्रोत पूर्वाधार, सुदृढ जलाशय, बाढी नियन्त्रण प्रणाली, बाढी अनुमान तथा वैज्ञानिक समन्वयन प्रणालीलगायतका परियोजनाले बाढी नियन्त्रण गर्न निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

 

हाल चीनमा विभिन्न खालका जलाशयहरूको सङ्ख्या ९८ हजारभन्दा बढी छन् भने तटबन्धको लम्बाइ ४ लाख ३० हजार किलोमिटर छ। चीनका सात वटा प्रमुख नदी क्षेत्रमा तटबन्ध, जलाशय, बाढी भण्डारण तथा बाढी नियन्त्रण प्रणालीको स्थापना गरिसकेको छ।

 

हरेक वर्षको बाढी अवधिमा चीनका विभिन्न क्षेत्रका तटबन्धहरूमा प्रभावकारी ढंगले निरन्तर निरीक्षण गरिन्छ। साथै माथिल्लो तथा तल्लो भाग, प्रमुख तथा शाखा प्रवाहबीच समन्वय गरी बाढीको अवस्था हेरेर घना जनसङ्ख्या भएको क्षेत्रको प्राथमिक रूपमा संरक्षण गर्ने तथा प्रवाहला ध्यान दिएर प्रभावकारी रूपमा बाढीको नियन्त्रण गरिन्छ।